बीमा कम्पनीहरुले बैंकहरूको मुद्दती निक्षेपमा लगानी बढाए, ५ महिनामा ६ खर्ब ७८ अर्ब बढी लगानी (विवरणसहित)

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी बढेको पाइएको छ। पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब ९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिना मंसिरसम्ममा बैंकहरुको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७८ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्ममा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दती निक्षेपमा ६ खर्ब २३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म बीमकको लगानी ८.८१ प्रतिशतले बढेको हो।

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।

यता चालु वर्षको मंसिरसम्ममा कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दती निक्षेपमा १ खर्ब ७४ अर्ब ६० करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ७९ अर्ब १६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको लगानी २.५४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्