बैंकहरुमा पैसै पैसा, उत्पादन र पूर्वाधारमा भने लगानी कम !

काठमाडौँ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहँदा पनि कर्जा प्रवाह अपेक्षा अनुसार बढ्न सकेको छैन। बैंकहरुको तथ्यांक अनुसार निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह तुलनात्मक रूपमा निकै कम रहेको छ।

बैंकिङ प्रणालीमा जम्मा भएको रकमको ठूलो हिस्सालाई बैंकहरुले अझै प्रयोग गर्न सकेका छैनन् र धेरै रकम नेपाल राष्ट्र बैंकमा पार्क भइरहेकाले तरलता अत्यधिक भएको देखिन्छ। सरकार र बाजारमा ब्याजदर ऐतिहासिक रूपमा निचो देखिए पनि यसले व्यवसाय र उद्योगलाई कर्जा तर्फ आकर्षित गर्न पर्याप्त प्रभाव पार्न सकेको छैन।

बैंकहरुले उपलब्ध वित्तीय स्रोतलाई उद्योग, कृषि, ऊर्जा तथा पूर्वाधार जस्ता उत्पादनमूलक क्षेत्रमा लगानीमा वृद्धि गर्न कठिनाइ भोगिरहेका छन्। विशेषज्ञहरुका अनुसार बचत दर बढिरहे पनि निजी क्षेत्रको लगानी अपेक्षित गति पाउन सकेको छैन। जसले रोजगार सृजनामा समेत कम प्रभाव पारिरहेको छ।

यता आर्थिक गतिविधिको दायरा सीमित रहँदा उत्पादन र निर्यात विस्तारमा पनि बाधा उत्पन्न भइरहेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन मात्र केही प्रतिशतले वृद्धि भएको भए पनि कर्जा वृद्धिदर निकै न्यून रहेको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै