DISH HOME

आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, के अब दोषीलाई कारवाही हुन्छ ?

काठमाडौँ। ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ। रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएकोमा बैंकले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको हो।

बैंकका क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मचारीहरू ऋणीसँग पूर्वसम्झौताअनुसार संवादका लागि फर्म रहेको स्थानमा पुग्दा फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई घण्टौँसम्म राखी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक गतिविधि भएको बैंकले जनाएको छ।

अपराधिक मनोवृत्तिबाट सुनियोजित रूपमा गरिएको उक्त घटनामा बहालवाला उपमेयरको समेत संलग्नता रहेको उल्लेख गर्दै बैंकले घटनालाई अत्यन्त खेदजनक प्रकट गरेकाे छ। साथै, कर्मचारीहरूलाई नियन्त्रणमा राखी धितो लिलामी स्थगनसम्बन्धी निर्णय केन्द्रिय कार्यालयबाट तत्काल लिखित रूपमा नआए ज्यान लिने धम्की दिइएको र सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंक विकल्पविहीन अवस्थामा उक्त पत्र दिन बाध्य हुनुपरेको बैंकले सूचनामार्फत जनाएको छ।
साथै, यस्ता अपराधिक मनसायले गरिने कार्यहरूविरुद्ध यस विकास बैंक सदैव कडा रुपमा उभिने प्रतिबद्धता समेत बैंकले ब्यक्त गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै