सानिमा बैंकको आग्रह:- ‘ठगीबाट बच्न बुझेर मात्र कारोबार गर्नु’

काठमाडौँ। सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई ठगीबाट बच्न आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै SMC App को नाममा छिटो पैसा कमाउ सकिने भन्दै ठगी हुने गरेको भन्दै ठगीबाट बच्न आग्रह गरेको हो।

सामाजिक सञ्जाल तथा अनलाइनमा SMC App को नाममा छिटो पैसा कमाउन सकिने, साथीलाई रिफर गरेर थप बोनस पनि पाउन सकिने जस्ता किसिमका प्रलोभन देखाएर विभिन्न बैंक खाताहरूमा पैसा जम्मा गर्न लगाई ठगी हुने गरेको पाइएपछि ग्राहकहरूलाई सचेत रहन सानिमा बैंकले अनुरोध गरेको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्