काठमाडौँ। सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वरप्रसाद बस्यालले पाएका छन्। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सिइओको जिम्मेवारी बस्याललाई दिएको हो ।
बस्याल हाल बैंकमा नायब सिइओका रुपमा काम गरिरहेका छन्।
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिँदैछ। सोहीअनुरुप बैंक सञ्चालक समितिको बैठकले कामु सिइओको जिम्मेवारी बस्याललाई दिएको हो ।




