DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई दृष्टि आई केयरमा छुट

काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट हुने भएको छ। यस सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता पनि भएको छ ।

सो सम्झौता पश्चात यस बैंकका ग्राहकहरूले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। ENT and General Service मा २० प्रतिशत तथा OPD मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै, आँखा उपचार गर्दा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै