DISH HOME

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ अभियान सुरु गरेको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण #डिजिटल डिसेम्बर २०२५ औपचारिक रूपमा सुरु गरेको हो ।

‘इम्पावरिङ्ग एन्टरप्राइजेज’ नाराका साथ सुरु भएको यस वर्षको अभियान देशभरका व्यवसाय तथा उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ।

डिसेम्बर महिनाभर चल्ने अभियानले बैंकका डिजिटल प्लेटफर्महरूलाई व्यवसायिक कारोबारका लागि प्राथमिक च्यानलका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अघिल्ला संस्करणहरू उपभोक्ता–केन्द्रित रहेपनि यस वर्ष उद्यम-केन्द्रित भुक्तानी नवप्रवर्तनतर्फ बैंकले महत्वपूर्ण मोड परिवर्तन गरेको छ।
डिजिटल डिसेम्बर २०२५ अभियानले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघसंस्था, खुद्रा तथा थोक बिक्रेता, आईटी, स्वास्थ्य, शिक्षा, वित्त, र हस्पिटालिटी क्षेत्रका व्यावसायिक इकाइहरूलाई डिजिटल भुक्तानी च्यानलमा आकर्षित गर्नेछ। अभियानले उच्चमूल्य नगद तथा चेक कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटीमार्फत ग्राहकका प्रणालीबाट नै सिधै भुक्तानी गर्न मिल्ने समाधानलाई प्राथमिकता दिएको छ।

बैंकले प्रवर्द्धन गरिरहेका प्रमुख डिजिटल सेवाहरू

इ-कमर्श व्यवसायका लागि भिसा तथा मास्टरकार्डमार्फत निर्बाध अनलाइन भुक्तानी प्राप्ति

कर्पोरेट संघसंस्थाका कर्मचारीका लागि ‘अन कार्ड’ भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्ड

व्यवस्थित कारोबारका लागि कर्पोरेट पे  र राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण

रियल-टाइम भुक्तानी अलर्टसहित व्यापारिक भुक्तानी प्राप्तिका लागि लक्ष्मी वाणी (QR Voice Box)

अभियानमा सहभागी व्यवसायीहरूले डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ सुविधा, छुट, अग्राधिकार सेवा तथा अन्य व्यवसाय-मैत्री लाभ पाउने बैंकले जनाएको छ।

बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार #DigitalDecember2025 ले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको अग्रणी भूमिकालाई थप मजबुत बनाउनेछ। उद्यमलाई डिजिटल पूर्वाधार प्रयोगमा सशक्त बनाउँदै सुरक्षित, पारदर्शी र उत्पादक व्यावसायिक वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै