काठमाडौँ। साना किसान विकास लघुवित्तले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो।
संस्थाले हाल कायम चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३.७८ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ६४ करोड ६८ लाख ९३ हजार २२७.०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
जसमा १४.२५ प्रतिशतले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार ५६५.७१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख ४४ हजार ६६१.३५ रुपैयाँबराबरको नगद लाभांश छन्।
कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।



