DISH HOME

नेशनल लाइफ इन्स्योरेन्सको बदमासी, सबै बुझबुझारत गरेर कम्पनी छोडेकाहरुलाई अनावश्यक ‘टर्चर’, वर्षौंसम्म बोनस दिईएन !

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनी छाडेका कर्मचारीहरुलाई हदैसम्म ‘टर्चर’ दिने गरेको खुलासा भएको छ । कम्पनीले सबै बुझ बुझारत गरेर कम्पनीको काम छोडेकाहरुलाई बोनस नदिने, सवारी नामसारी नगर्ने लगायतका हर्कत गरेर दु:ख दिने गरेको खुलासा भएको हो ।

कम्पनीले यस्तो बदमासी गरेको विषयमा नियामक बीमा प्राधिकरणमासमेत उजुरी परेको छ । तर, बीमा प्राधिकरण आफ्नो गोजीमा छ जसरी व्यवहार गर्ने कम्पनीले यो विषयलाई चासोको रुपमा नहेरेको आरोप कम्पनी छाडेका कर्मचारीहरुको छ ।

एउटा प्रतिनिधि प्रमाण हेरौं ।

सुमन पौडेल (उनकै आग्रहमा नाम परिवर्तन) नेशनल लाइफमा काम गर्थे । उनले कम्पनी छोडेको साढे २ बर्ष भईसक्यो । तर कम्पनीले उनलाई दिनुपर्ने बोनस र उनका नाममा नामसारी गर्नुपर्ने सवारी नामसारी गरेको छैन । ‘मैले बोनस पनि पाएको छैन । मेरो नाममा ट्रान्सफर हुनुपर्ने बाइक पनि मेरो नाममा ट्रान्सफर गरेको छैन । मैले लिएको ऋण सबै तिरिसकेको छु । कुनै बुझबुझारथ बाँकी छैन । तर कम्पनीले मेरो काम अड्काएर मलाई दुख दिईरहेको छ ।’ ती पूर्व कर्मचारीले भने ।

यता कम्पनीले भने उनको नाममा ऋण बाँकी हुन सक्ने भएकाले त्यसो भएको हुनसक्ने बताएको छ । यद्यपी नेशनल लाइफको सिष्टममा पनि उनको सबै ऋण चुक्ता भईसकेको देखिएको छ । यति हुँदा पनि कि फेरी जागिर खान आउनु, होइन भने हामी यस्तै गरिरहन्छौं भन्ने शैलीमा कम्पनीले टर्चर दिईरहेको पीडीतको आरोप छ ।

यस विषयमा पीडीतले विभिन्न निकायमा उजुरीसमेत गरिसकेका छन् । तर कम्पनीले कर्मचारीलाई पुन:काम गर्न आउन दबाब दिईरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै