शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने

काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्