बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६१.७३ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्षमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा कुल ५० अर्ब ७५ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो गैरबैंकिङ सम्पत्ति ६१.७३ प्रतिशतले बढी हो।

यता भदौसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड, विकास बैंकहरूको ४ अर्ब ७७ करोड र फाइनान्स कम्पनीहरूको ३ अर्ब ६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्