DISH HOME

महालक्ष्मी विकास बैंकले गैरकानुनी रूपमा ‘एभरग्रीनिङ’ गर्ने गरेको खुलासा

काठमाडौँ। महालक्ष्मी विकास बैंकले गैरकानुनी रूपमा ‘एभरग्रीनिङ’ गर्ने गरेको पाइएको छ। एउटै ऋण तिर्न नसकेको अवस्थामा सोही ऋणको किस्ता उठाउन बैंकले थप ऋण दिने गरेको खुलासा भएको हो।

यस्तो गैरकानुनी काम गर्न बैंककै उच्च अधिकारीहरूको समेत मिलेमतो हुने गरेको पाइएको छ। बैंकमा जनताले राखेको रकम कर्मचारीहरूले जुवा खेलेको प्रकरण सेलाउन नपाउँदै बैंकले कतिपय ऋणीहरूलाई कागजात नपुग्दै ऋण दिने गरेको खुलासा भएको हो ।

बैंकको आन्तरिक लेखा परीक्षणकै क्रममा बैंकका म्यानेजरहरूको यस्तो हर्कत बाहिरिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै