काठमाडौँ। जेनजी अभियानता मिराज ढुंगानाले नयाँ दल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा ५०० र १००० दरका नोटलाई नोटबन्दी गर्नुपर्ने माग राखेका छन् ।
पत्रकार सम्मेलनमा उनले अवैध रूपमा संकलित कालोधन नियन्त्रण र निर्वाचनमा हुने आर्थिक चलखेल रोक्नका लागि नोटबन्दी आवश्यक भएको तर्क गरेका हुन् ।
ढुंगानाले यस्तो कदमले कालोधन नियन्त्रण गर्न सहज हुने र निर्वाचनमा पैसाको प्रभाव घटाउने विश्वास व्यक्त गरेका छन्।