काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी यूनियनपे कार्ड सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको एससीटी यूनियनपे कार्ड सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको हो ।
असोज २९, २०८२ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी यूनियनप कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।