काठमाडौँ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।