काठमाडौँ। बजारमा १००० दरका नोटको चरम अभाव हुन थालेको छ । समयमै एक हजार दरका नयाँ नोट छाप्ने कम नहुँदा बजारमा नोटको अभाव चर्किएको हो ।
बैंकमा हजार रुपैयाँदरका नोटको अभाव हुँदा बैंकहरुलाई चेक साट्नसमेत समस्या परेको छ ।
नेपाल राष्ट्र बैंकले विगत केही वर्षदेखि हजार दरका नोट छपाई नगर्दा अहिले बजारमा प्रचलनमा रहेका नोट पुराना, जीर्ण र प्रयोग गर्न असहज हुने अवस्थामा पुगेका छन्।