काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकहरूले सुकेधारामा रहेको मर्क्योर होटलमा विशेष छुट पाउने भएका छन्। होटल र बैंकबीच भएकाे समझदारीसँगै बैंकका ग्राहकले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।
उक्त होटलमा ग्राहकले आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोगगरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्र र्वद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।