DISH HOME

राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। तीन महिनाभित्र नवीकरण गर्न नसकेका मनिचेञ्जरको इजाजतपत्र राष्ट्र बैंकले रद्द गरेको  हो।

राष्ट्र बैंकले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेका कारण उनीहरूको अनुमति रद्द गरिएको जनाएको छ । राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेका मनिचेञ्जरको इजाजतपत्र स्वत: रद्द हुने व्यवस्था रहेको जनाएको छ।

रद्द गरिएका मनिचेञ्जर कम्पनीहरूमा काठमाडौं महानगरपालिका २६, मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन्। सूचनासहित:
 
 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै