HIMALAYAN LIFE
Banking Sansar Mobile App

घर जलेको पीडाका बीच पनि छोरी र श्रीमतीलाई बाहिर पठाएर निरन्तर काममा छन् गभर्नर पौडेल !

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल यति बेला पीडामा छन् । उनले सार्है मेहेनत गरेर कमाएको पैसाले जोडेको घर प्रदर्शनकारीले जलाईदिएपछि अहिले उनी राष्ट्र बैंकको एक कोठामा बसिरहेका छन् । दुइवटा घर भएका उनको दुवै घर जलेपछि उनी राष्ट्र बैंकको एक कोठामा बस्न बाध्य भएका हुन् ।
उनकी श्रीमती र छोरी भने त्रासै त्रासमा बुवा र श्रीमानलाई नेपालमै छोडेर अमेरिका गएका छन् । बस्ने घर पनि नभएपछि उएनेहरु अमेरिका उडेका हुन् ।
आफ्नो बाससमेत जलेपछि गभर्नर यतिबेला पीडामा छन् । मानसिक तनाव बढी भएपछि उनले गभर्नरबाट राजिनामा दिनसमेत खोजेका थिए । तर, अर्थमन्त्री रामेश्वर खनालले नै अहिले राजिनामा दिनु नपर्ने बताएपछि उनी निरन्तर काममा खटिएका छन् ।
गभर्नर पौडेल आफ्नो सबै घर जल्दा पनि बैंक कहाँ कहाँ जले र कति नोक्सान भयो भनेर फिल्डमा हिड्न छोडेनन् । उनले लुटिएको राष्ट्रिय बाणिज्य बैंक पनि फिल्डमै गएर हेरे । उनको यो साहसको अहिले चौतर्फी प्रशंसा भईरहेको छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।