गभर्नरका लागि भाडामा निवास खोज्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि निवास भाडामा लिन खोजेको छ । भदौ २४ गते जेनजी प्रदर्शनमा भैंसेपाटीस्थित निजी निवास जलाइएपछि राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि निवास भाडामा लिन खोजेको हो।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यका लागि आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । गभर्नरको आवासका लागि भनिएको सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी सम्मको घर खोजिएको हो ।

राष्ट्र बैंकले ६  वटा गाडी पार्किङ गर्न मिल्ने, सुरक्षा गार्ड बस्ने घर हुनुपर्ने, चार वटा बेडरुमसहित सबै सुविधा भएको साढे २ तलादेखि तीन तलासम्मको घर खोजेको छ।  असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेले बैंकमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्