DISH HOME

विश्वकै सबैभन्दा सस्तो ब्याजदर जापानको, ०.५ प्रतिशत कायम !

काठमाडौँ। जापानको केन्द्रीय बैंकले विश्वकै सबैभन्दा सस्तो ब्याजदर कायम गरेको छ। जापानको केन्द्रीय बैंकले ब्याजदर ०.५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको हो ।

जबकि अमेरिका, युरोप, र भारतजस्ता मुलुकहरूमा ब्याजदर ४ देखि ६ प्रतिशतको बीचमा पुगेका छन्।

यस निर्णयको कारण जापानको विशेष आर्थिक संरचना, वृद्ध जनसंख्या, कमजोर उपभोग र लामो समयदेखि जारी डिफ्लेसन रहेको छ।

जापानले १९९० को दशकमा शून्य ब्याजदर नीति अपनाएको थियो। त्यसपछि पनि अति सस्तो ऋण प्रवाह जारी राख्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै