काठमाडौँ। सानिमा क्यापिटलले १०औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीहरुलाई असोज ३० गते १० औँ वार्षिक साधारण सभामा बोलाएको हो ।
क्यापिटलको असोज ८ गते बसेको सञ्चालक समितिको निर्णयले सो सभा कम्पनीको सेयर रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल काठमाडौँमा दिउँसोको ३ बजे बोलाएको हो ।
सो सभाले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८२-८३ का लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पेस गरिने कम्पनीले जनाएको छ।