DISH HOME

बैंकिङ प्रणालीमा एकैदिन २७ अर्ब निक्षेप थपियो, सिडि रेसियो कति ?

काठमाडौँ। बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असाेज २ गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन २७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन २७ अर्बले बढेर ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असाेज १ गते बुधबारसम्म बैंकहरुमा ७३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

त्यस्तै, वाणिज्य बैंकहरुमा मात्रै एकैदिन २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६५ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६६ खर्ब ०४ अर्ब रुपैयाँ पुगेको छ ।

यता बैंकहरूको अन्तरबैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७५.५७ बिन्दुमा झरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै