DISH HOME

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमाडौँ। नक्कली नेपाली नोटसहित बझाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका-१० चैनपुरका धिरेन्द्र बहादुर शाहीको घरको कोठाको सिरानीबाट नक्कली जस्तो देखिने एक हजारका १९ थान नोट फेला परेका छन् ।

बझाङ प्रहरीले यस घटनामा अनुसन्धान अघि बढाउँदै जाँदा जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा र जयपृथ्वी नगरपालिका ४ गोलाइका २४ वर्षीय लोकेन्द्र खातीलाई पक्राउ गरिएको छ।

शाहीलाई अनुसन्धानपछि हाजिर जमानीमा छोडिएको र सभापति बोहरा र खातीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै