काठमाडौँ। नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगरपालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिका अध्यक्षमा राई नियुक्त भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अध्यक्ष राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।