काठमाडौँ। सानिमा बैंकले लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँबरारको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।