prabhu

जेनजी आन्दोलन: राष्ट्र बैंकको भवनमा पनि क्षति, दशैँ लगत्तै मर्मत हुने !

काठमाडौँ। जेनजी आन्दोलमा नेपाल राष्ट्र बैंकको भवन र आसपासका संरचनाहरुमा पनि क्षति पुगेको छ । राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार राष्ट्र बैंक परिसरको डिभिजन क्षेत्र, एनआरएनए भवन आसपास र अन्य विभागहरुमा तोडफोड र भौतिक क्षति पुगेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दशैँ लगत्तै राष्ट्र बैंकले क्षय भएका भवनहरु छिटो मर्मत र पुनर्स्थापना गर्ने योजना तयार गरेको जनाएका छन्। यसको लागि सरकार र सम्बन्धित निकायहरुबाट आवश्यक बजेट छुट्याउने तयारी भइरहेको छ।

साथै, सार्वजनिक-निजी साझेदारी वा ठेकेदारमार्फत मर्मतकार्य सुरू गर्ने सम्भावना रणनीतिक रुपमा परीक्षण भइरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै