prabhu

जेनजी आन्दोलनमा बैंकको १८ केजी सुन लुटिएको खुलासा, भेटिएलान् त लुटेरा ?

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बैंकका शाखाबाट ठूलो परिमाणमा नगद र सुन लुटिएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ५ करोड रुपैयाँ नगद र १८ केजी सुन लुटिएको हो ।

जुन करिब ३७-३८ करोड रुपैयाँ बराबर पर्छ। गभर्नर पौडेलले राष्ट्र बैंककै केही डिभिजनमा पनि क्षति पुगेको जानकारी दिएका छन्।

‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा डिभिजनमा क्षति पुगेको छ। तर, कोर बैंकिङ हुने क्षेत्रमा भने आक्रमण भएको छैन,’ उनले भने, ‘देशभरका ६८ शाखा कार्यालय र ६९ वटा एटीएम मेसिन क्षतिग्रस्त भएका छन्। तर सबैभन्दा ठूलो लुटपाट संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक शाखामै भएको छ । लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौँ।’

यता नबिल बैंकको चाबहिल शाखा र राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमणमा परे पनि ठूलो क्षति नभएको जनाइएको छ। अन्य धेरै ठाउँमा भने आन्दोलनकारीले सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा आगजनी गर्दा त्यहाँ रहेका बैंकका शाखा र एटीएम मेसिन क्षतिग्रस्त भएका हुन्।

गभर्नर पौडेलले आन्दोलनका बीचमा पनि भुक्तानी प्रणाली र डिजिटल पेमेन्ट एक क्षण पनि नरोकेको दाबी गरेका छन् भने निक्षेपकर्ताको पैसा सुरक्षित रहेको उल्लेख गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै