prabhu

हिमालयन बैंकका दुई शाखा र एटीएममा क्षति, लकर र भल्ट भने सुरक्षित !

काठमाडौं । जेनजी आन्दोलनको क्रममा हिमालयन बैंक पनि ठूलो नोक्सानीमा परेको छ । आन्दोलनकारीहरूले आक्रमण गरेपछि बत्तीसपुतली शाखा पूर्ण रूपमा जलेर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुनिल गोर्खालीले जानकारी दिए । तर, उनले शाखाको लकर र भल्ट सुरक्षित रहेको स्पष्ट पारे ।

गोर्खालीका अनुसार, न्युरोड शाखामा पनि आक्रमणको आशंका गरिएको भएपनि त्यहाँ खासै क्षति हुन सकेको छैन ।

यससँगै, बैंकका विभिन्न एटीएम मेसिनहरूमा पनि तोडफोड गरिएको छ । भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनी तथा बुटवलको भाटभटेनीमा रहेका एटीएम मेसिन क्षतिग्रस्त भएका छन् ।

बैंकका अनुसार, तत्कालै वैकल्पिक शाखा र डिजिटल माध्यममार्फत ग्राहकलाई सेवा सहज बनाउन पहल भइरहेको छ । साथै, क्षतिग्रस्त शाखा तथा एटीएम मर्मत गर्ने कार्य सुरु गरिएको र सुरक्षा व्यवस्था अझ कडा बनाइने पनि जनाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै