बैंकहरूबीच हुने अन्तरबैंक कारोबार घट्यो

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबार घटेको छ। एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा भारी गिरावट देखिएको हो ।

गत आर्थिक वर्ष २०८१-८२ मा वाणिज्य बैंकहरूबीच १५ खर्ब ७१ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) बीच १ खर्ब ५१ अर्ब ७३ करोड गरी कुल १७ खर्ब २३ अर्ब ५९ करोडको अन्तरबैंक कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरूबीच ३८ खर्ब ६३ अर्ब ४८ करोड र अन्य वित्तीय संस्थाहरूबीच ३ खर्ब ६३ अर्ब गरी कुल ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्