सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेलमा छुट

काठमाडौँ। सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेल प्रालिमा छुट हुने भएको छ। बैंक र हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलालाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्