काठमाडौँ। बैंकको ऋण तिर्न नसकेपछि इटहरीको आई सिनेमा हल लिलाम भएको छ । बैंकबाट लिएको ऋण तिर्न नसकेपछि एनआइसी एशिया बैंकले सो सम्पत्ति लिलाम गरेको हो ।
इटहरीको पूर्वलाईन ट्याग्रां पुल नजिकै रहेको आई सिनेमा हल (I Cinema Hall ) एनआइसी एसिया बैंकले लिलामी गरेकाे छ । बैंकको विराटनगर शाखाबाट मुभिज इन्टरटेन्मेन्ट प्रालिको नाममा १४ करोड ४० लाख रुपैयाँको ऋण लिइएको थियो ।
सञ्चालकले ऋण लिएर ५ बर्ष भन्दा बढि समय नतिरेपछी प्रहरी दलबल सहित लिलाम गरीएकाे छ।