काठमाडौँ। प्राविधिक कारण भन्दै एनआईसी एशिया बैंकले रोकेको भिडियो केवाईसी सेवा राष्ट्र बैंकले नै रोक्न लगाएको खुलासा भएको छ ।
बैंकले दिईरहेको भिडियो केवाईसी सेवामा विभिन्न कैफियत भएको र नियामकीय मापदण्ड विपरित भएको भन्दै राष्ट्र बैंकले नै सो सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएको हो ।
एनआईसी एशियाले भने प्राविधिक कारणले सो सेवा स्थगन गरेको भनेको थियो । तर, बैंकको सो बहाना झुटो भएको खुलासा भएको छ ।