prabhu

कृषि विकास बैंकका कर्मचारी मृत फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ । कृषि विकास बैंकका मेनेजर मृत फेला परेका छन् । बैंकको रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका ५, बाहुनठानामा रहेको कृषि विकास बैंकका मेनेजर शिवशंकर गिरी मृत फेला परेका हुन् ।

उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी ५२ बर्षका थिए । सल्यानको बागचौर नगरपालिका ८ कोटमौला निवासी गिरी शनिबार मृत फेला परेका हुन् । आफ्नै निवासमा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

खबर पाएपछि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल पुगेर स्वस्थकर्मीलाई जाँच गर्न लगाएको थियो ।

स्वास्थकर्मीले गिरीको मृत्यु भईसकेको पुष्टी गरेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै