एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा १० प्रतिशत विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक र माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकहरूले पोखरास्थित उक्त रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी मार्फत १० प्रतिशत छुट पाउने भएका छन्।

ग्राहकहरूले खाना, पेय पदार्थ, स्पा र आवास सेवाहरूमा यो विशेष छुटको फाइदा लिन सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपबाट भुक्तानी गर्नुपर्नेछ।

यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने मात्र नभई देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारलाई समेत थप बलियो बनाउने बैंकको विश्वास छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्