PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट हस्तान्तरण गरेको छ । बैंकले प्रदेश ३ भक्तपुुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको हो । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने बैंकले लिएको छ ।
उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका हुन् । नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य बिजेन्द्र ध्वजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै