prabhu

सानिमा बैंकद्वारा इ-कम कार्डमा अनलाइन टप-अप सुविधा सुरु

काठमाडौँ । सानिमा बैंकले आफ्ना USD इ-कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइन टप-अप सुविधा सुरु गरेको छ। अब प्रयोगकर्ताहरूले आफूलाई सहज हुने जुनसुकै स्थान र समयमा कार्डमा रकम भर्न सक्ने भएका छन्।

यस सुविधाअन्तर्गत ग्राहकहरूले सानिमा सजिलो ई-बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘Card Services’ > ‘E-com Online Payment’ मार्फत टप-अप गर्न सक्नेछन्।

टप-अपका लागि प्रयोगकर्ताले आफ्नो बैंक खातामा रजिस्टर्ड मोबाइल नम्बर वा इमेल, बचत खाताको नम्बर र क्याप्चा विवरण प्रविष्ट गरी प्रक्रिया सुरु गर्न सक्छन्। त्यसपछि प्राप्त हुने OTP (One-Time Password) प्रविष्ट गरेपछि तुरुन्तै कार्डमा रकम टप-अप हुनेछ।

सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा र १२७ एटीएममार्फत सेवा दिइरहेको छ। नयाँ अनलाइन टप-अप सुविधा बैंकले डिजिटल सेवा अभिवृद्धि गर्न थालेको पहलको रूपमा हेरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै