DISH HOME

श्रृजनशील लघुवित्तको स्वतन्त्र सञ्चालकमा खनाल नियुक्त

काठमाडौँ। श्रृजनशील लघुवित्त वित्तीय संस्थाले नयाँ स्वतन्त्र सञ्चालकको सदस्य पाएको छ। कम्पनीको स्वतन्त्र सञ्चालकको सदस्यमा सूनिल खनाल नियुक्त भएसँगै कम्पनीले नयाँ स्वतन्त्र सञ्चालकको सदस्य पाएको हो।

संस्थाको सञ्चालक समितिको असार २१ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले खनाललाई स्वतन्त्र सञ्चालकको सदस्य पदमा नियुक्त गरेको हो।

श्रजनशील लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र् बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको रास्ट्रिय स्तरको संस्था हो । यो संस्था २०७५ साल कार्तिक महिनामा रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७५ साल फाल्गुण महिनाबाट नेपाल राष्ट्र बैंक वित्तीय कारोबार गर्ने अनुमतिपत्र प्राप्त गरे अनुसार आफ्नो कारोबार सुचारु गर्दै आईरहेको छ ।

संस्था सिरहा जिल्ला गोलबजार नगरपालिका ७, चोहर्वा स्थित रहेको छ । संस्थाले ४ वटा जिल्ला (सिरहा, उदयपुर, सिन्धुली र महोत्तरी) गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

यो संस्था श्रृजना सामुदायिक विकास केन्द्रबाट श्रृजनशील लघुवित्त वित्तीय संस्थामा परिवर्तित भएको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै