DISH HOME

बैंकबाट ऋण लिने ऋणीलाई ब्याजको भार कम, एक वर्षमा कर्जाको ब्याजदर २.२७ प्रतिशतले घट्यो, आधार दर ८.३३ प्रतिशत कायम !

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणीलाई ब्याजको भार कम परेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको औसत ब्याजदर ९.५१ प्रतिशत कायम भएको छ।

गत वर्षको सोही अवधिमा यस्तो ब्याजदर ११.७८ प्रतिशत कायम थियो। एक वर्षमा कर्जाको ब्याजदर २.२७ प्रतिशतले घट्दा ऋणीलाई कम ब्याज दर पर्न गएको हो।

यस अवधिमा कर्जाको ब्याजदर वाणिज्य बैंकहरुको १.५७ प्रतिश बिन्द्ले घटेर ८.७७ प्रतिशत, विकास बैंकहरुको २.४४ प्रतिशत बिन्दुले घटेर ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको २.८० प्रतिशत बिन्दुले घटेर १०.३१ प्रतिशत कायम भएको छ।

यता,  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर (बेस रेट) ८.३३ प्रतिशत कायम भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशत बिन्दुले कम हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै