DISH HOME

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक ब्याजदर कति ?

काठमाडौँ। सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले असार २९ देखि प्रतिइकाइ १ हजार रुपैयाँ अंकित २५ लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ। जसमध्ये १५ लाख इकाइ बैंक आफैंले अन्य संघ-संस्थालाई बिक्री गर्नेछ भने बाँकी १० लाख सर्वसाधारणका लागि खुलाउने बैंकले जनाएको छ।

बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको एसबीएल डिबेन्चर २०९१ जारी गर्न लागेको हो। परिपक्व हुने अवधि १० वर्ष रहने ऋणपत्रमा असार ३२ सम्म आवेदन दिन अकिनेछ। तोकिएको समय सबै ऋणपत्र बिक्री नभए साउन ११ गतेसम्म खुला रहनेछ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै