स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेदेखि आइपीओ खुला गर्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै असार २७ गतेदेखि प्राथमिक सेयर ९क्ष्एइ० बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २३ हजार कित्ता आइपीओ बिक्रीमा ल्याउनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत २ लाख ३१ हजार कित्ता आइपीओमध्ये यो पहिलो चरणमा बिक्री हुन लागेको हो। यो कुल निष्कासनको १० प्रतिशत हिस्सा हो।

कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात् १,१५५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् ११,५५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई सुरक्षित गरिएको छ। बाँकी रहेका १ लाख ९५ हजार ५९५ कित्ता सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा बिक्री गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदनका लागि सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको माध्यम प्रयोग गर्न सकिनेछ।

यस आइपीओको इक्रा नेपालले मूल्यांकन गर्दै ‘इक्राएनपी इस्यूअर रेटिङ बीु प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्