काठमाडौं । कैलालीको लम्कीस्थित ग्लोबल आइएमई बैंकका शाखा प्रमुख हरिशचन्द्र भट्टमाथि कुटपिट भएको छ । ऋणीलाई अनावश्यक टर्चर दिएको भन्दै उनलाई ऋणी अमित भण्डारीले कुटपिट गरेका हुन् ।
अहिले कुटाई खाने र कुट्नेबीच मिलापत्र भईसकेको छ । घटना प्रहरीसम्म जाँदा बैंककै बेइज्जत हुने भएपछि बैंकका सिइओ सुरेन्द्र राज रेग्मीको निर्देशनमा मिलापत्र गराईएको ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीहरुले पुष्टि गरेका छन् ।
बैंकले असार मसान्त सकिएलपछि भट्टमाथी स्पष्टीकरण सोध्ने र उनलाई सरुवा गर्ने तयारी गरेको बैंकका एक उच्च अधिकारीले जानकारी दिएका छन् । अहिले क्लोजिङको समय भएकाले भट्टमाथि एक्सन नलिन सिइओको उर्दी रहेको ती अधिकारीको दाबी छ ।
भट्टले भने आफुले आफ्नो काम गर्दा हातपात सहनुपरेको र पछि भण्डारीले माफी मागेको दाबी गरेका छन् । यता घटना प्रति बैंकर्स क्लब लम्कीले गम्भीर ध्यानाकर्षण जनाए पनि प्रहरीलाई खबर गर्न भने आँट गरेको छैन ।
पछिल्लो समय ग्लोबल आइएमई बैंक सबैभन्दा बढी विवादित कमर्सियल बैंकहरुमध्ये दोश्रो स्थानमा पर्छ ।