prabhu

सिटिजन्स बैंकले ल्यायो मोबाइल एपमार्फत मुद्धती निक्षेप धितोमा कर्जा सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकका लागि डिजिटल माध्यमबाट मुद्धती निक्षेप धितोमा कर्जा लिने नयाँ सुविधा सुरु गरेको छ। अब ग्राहकहरूले आकस्मिक आवश्यकतामा आफ्नो मुद्धती खाताको आधारमा मोबाइल एप प्रयोग गरेर सहज रूपमा ऋण प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार, यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो मुद्धती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म, रु ५ हजारदेखि रु २ लाखसम्मको कर्जा लिन सक्नेछन्। ऋणको रकम स्वीकृत भएलगत्तै सोझै ग्राहकको बचत खातामा जम्मा हुने व्यवस्था गरिएको छ।

उक्त सेवा प्राप्त गर्न कुनै पनि प्रकारको भौतिक कागजात आवश्यक नपर्ने र सबै प्रक्रिया पूर्ण रूपमा अनलाइनबाटै सम्पन्न हुने भएकाले यसले समय, श्रम र स्रोतको उल्लेखनीय बचत गर्ने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आफ्ना सेवाहरूलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउन निरन्तर नयाँ नवप्रवर्तन गर्दै आएको छ। यही अभियान अन्तर्गत यो सेवा पनि थप गरिएको हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै