काठमाडौँ । नबिल बैंकले सार्वजनिक गरेका ३ योजना अहिले चौतर्फी चर्चामा छन् । जसमध्ये नबिल सुन कर्जालाई ग्राहकले निकै रुचाएको पाइएको छ ।
सुन, सुखको गहना, दुखको खजाना । सुन किनेर राख्ने वा कुनै पर्व र समय विशेषमा सुन किन्ने रहर कसलाई पो नहोला र ? तर त्यहि सुनको भाउले सुन किन्ने योजनालाई हरेक पटक तर्साउने गरेको छ ।
तर अव नबिल बैंकले सुन किन्न ऋण दिने भएको छ । हो, नेपालको अग्रणी बैंक नबिल बैंकले बैंकले सुन खरिद कर्जा सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक नबिल ढुक्क सुन खरिद कर्जा सार्वजनिक गरेको हो।
सुन किन्दा बैंकले निः शुल्क बीमा सुविधा पनि दिने भएको छ । मासिक १ प्रतिशत भन्दा कम ब्याजदर हुने यो कर्जा बैंकको खिचापोखरी शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
सुनकर्जासँगै जेष्ठ नागरिक बचत खाता पनि ग्राहकको रोजाईमा
बा, आमा । जेष्ठ नागरिक । यो शब्द कति ओझिलो छ, त्यसको बखान गरेर साध्य नै छैन । र जेष्ठ नागरिक बाआमालाई लक्षित गर्दै नबिल बैंकले नबिल जेष्ठ बचत खाता सार्वजनिक गरेको छ । बैंकका अनुसार ५० वर्ष उमेर पुगेपछि विनाकुनै शुल्क र विनान्यूनतम् मौज्दातमा नबिल ज्येष्ठ बचत खाता खोल्न सकिन्छ ।
यो खाताधारी बा आमाले सामान्यभन्दा बढी ब्याजदर पाउन सक्छन् । त्यो पनि प्रत्येक महिना । अझ १ लाख रुपैयाँ न्युनतम मौज्दात हुने, ६५ बर्ष उमेरसमूहका बाआमाले ३ लाख रुपैयाँसम्मको बीमा सुरक्षा पनि पाउनुहुनेछ । १३ प्रकारका प्राणघातक रोगहरूमा ३ लाखसम्मको बीमा सुविधा पाउनुका साथै ७५ हजार रुपैयाँको आवधिक बीमा सुविधा यसमा समावेश छ ।
बीमा सुविधाका उपभोग गर्नका लागि मासिक १ लाख रुपैयाँ मौज्दात अनिवार्य हुनुपर्छ । बीमा सुविधा अधिकतम ६५ वर्षसम्म उमेर समूहले लिन सक्ने बैंकले जनाएको छ । उमेर पुगिसकेपछि बुढेसकालमा वित्तीय आवश्यकताहरू पूरा गर्न शुरू गरिएको ज्येष्ठ बचत खाता निकै लाभदायक बन्दै गएको छ । नबिल बैंकले ज्येष्ठ नागरिकहरूलाई पनि स-साना स्टटअर्पदेखि ठूला व्यवसाय गर्नका लागि पनि सहयोग गर्दै आएको छ ।
साथै यो प्रकारको सुविधा केही बचतकर्ताले गरिरहेका बैंकले जनाएको छ। यो योजना अन्तर्गतका खाताधारी ग्राहकलाई बैंकले एक वर्षका लागि मोबाइल बैंकिङ सुविधा निःशुल्क दिँदै आएको छ । ग्राहकहरूले अकाउन्ट स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट पनि निःशुल्क पाउनेछन् ।
नबिल बैंकको दिगो बैंकिङ
नेपाली बैङ्किङ क्षेत्रमा फरक अभ्यासको ‘नबिल दिगो बैंकिङ’ कार्यक्रमले चौतर्फी चर्चा र सराहना पाउन थालेको छ ।“नबिल ‘दिगो बैंकिङ’को माध्यमबाट बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेर बैंकले गरेको थालनीले चौतर्फी सराहना पाउन थालेको हो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्ने सोच लिएर ‘दिगो बैंकिङ’ घोषणा गरेको हो ।