काठमाडौं । अब विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूले भिसा तथा विभिन्न शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकमार्फत नै सहज रूपमा तिर्न सक्ने भएका छन्।
यस सम्बन्धमा मुक्तिनाथ विकास बैंक र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस प्रा.लि.बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौतापछि विद्यार्थीहरूले एसएटी, एसइभिआएएस, पीटीई, जीम्याट, आवेदन शुल्क लगायतका शैक्षिक भुक्तानीहरू र भिसा शुल्क समेत बैंकको माध्यमबाट सरल तरिकाले भुक्तानी गर्न सक्नेछन्।
हाल यो सेवा बैंकको महाराजगंज र कमलादी शाखामार्फत सुरु गरिएको छ। भविष्यमा अन्य शाखाहरूमा पनि विस्तार गरिने बैंकले जनाएको छ।
यस पहलले विदेश अध्ययनको प्रक्रियामा बैंकिङ पहुँचलाई थप सहज र विद्यार्थीमैत्री बनाउने विश्वास बैंक र साझेदार संस्थाले व्यक्त गरेका छन्।