ज्योति बिकास बैंकले गैरकानुनी रुपमा ऋण दिईरहेको खुलासा, पूर्व सीइओ सार्वजनिक रुपमै खोलिदिए पोल !

काठमाडौँ । ज्योति बिकास बैंकबाट गैरकानुनी रुपमा ऋण प्रवाह हुने गरेको खुलासा भएको छ । बैंकले धितोको ओभर भ्यालुएसन गरी गैरकानुनी रुपमा ऋण दिईरहेको खुलासा भएको हो ।

बैंकका पूर्व सीइओ (हाल नबिल बैंकका सीइओ) मनोज कुमार ज्ञवालीले संजय सिलवाल पोडकाष्टमार्फत यस्तो खुलासा गरेका हुन् । सो पोडकाष्टमा उनले आफुले त्यसरी गैरकानुनी रुपमा ऋण लिन खोज्ने व्यक्तिलाई बैंकिङ कसुरको मुद्धा हाल्न लागेको तर त्यतिबेला बैंकका कर्मचारी पनि फस्ने भएकोले त्यसो नगर्न आएको सुझावपछि मुद्धा नचलाएको दाबी गरेका छन् ।

ज्योति बिकास बैंकको सिष्टममाथि प्रश्न उठाउँदै, नेपाल राष्ट्र बैंकले केहि समयअघि मात्र बैंकका नाममा स्पष्टिकरण सोधेको थियो । बैंकको स्पष्टिकरण चित्त नबुझे बैंकका सीइओ र संचालक समितिका अध्यक्षलाई कारवाही गर्ने तयारी राष्ट्र बैंकको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्