prabhu

एनआईसी एशिया ग्रोथ फण्ड खारेज, असार ९ देखि इकाईधनीलाई भुक्तानी सुरु

काठमाडौं । एनआईसी एशिया बैंकको प्रवर्द्धनमा र एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ७ वर्षे बन्दमुखी सामूहिक लगानी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ खारेज गरिएको छ। योजना परिपक्व भएसँगै इकाईधनीहरूलाई लगानीअनुसारको रकम फिर्ता गरिने भएको हो।

कम्पनीका अनुसार ८ करोड ३५ लाख २० हजार इकाइ रहेको उक्त योजना २०८१ साल फागुन २८ गते परिपक्व भएको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार नेपाल धितोपत्र बोर्डले २०८१ चैत १२ गते खारेजी स्वीकृति दिएपछि योजना खारेज प्रक्रिया अघि बढाइएको हो ।

क्यापिटलले ग्रोथ फण्डअन्तर्गत रहेका सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गरिसकेको छ । अब असार ९ गते (२२ जुन २०२५) देखि इकाईधनीहरूको खातामा प्रत्यक्षरूपमा भुक्तानी दिन थालिनेछ ।

भुक्तानी हितग्राही खातामा उल्लेख भएको बैंक खातामा सोझै पठाइने भएकोले खाता विवरण नअपडेट भएको वा परिवर्तन भएको अवस्थामा सम्बन्धित इकाईधनीहरूलाई आफ्नो विवरण तुरुन्त अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै