DISH HOME

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा एनइएका सदस्यलाई मोबाइल बैंकिङमा विशेष छुट

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल इञ्जिनियर्स एसोसिएसन (एनइए) बीच व्यावसायिक सम्झौता भएको छ। बैंक र एनइएले विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो।

एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकको २७५ वटा शाखामार्फत प्रोफेशनल बचत खाता खोलेर १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट-क्रेडिट कार्ड मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्थासमेत दिने भएको छ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनईएका तर्फबाट अध्यक्ष ई सुभाष चन्द्र बरालले हस्ताक्षर गरेका थिए। यो सम्झौतासँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ।

सम्झौता अनुसार एनइएका सम्पूर्ण सदस्यलाई बैंकका विभिन्न सेवामा विशेष छुट हुने छ।

उक्त सम्झौताबाट नेपाल इञ्जिनियर्स एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास व्यक्त गएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै