बैंकमा जागिर खाने हो ? एक्सेल डेभलपमेन्ट बैंकमा जागिरको अवसर, बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता !

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर १० जना, सेमी क्यालीफाइड सीए ४ जना, रिलेसन्सीप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५० प्रतिशत अंक वा सो सरहको व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक डिग्री हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता  दिइनेछ।

साथै, आवेदन दिने व्यक्तिको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने छ। योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा, हालसालैको पासपोर्ट साइजको फोटो, नागरिकता, शैक्षिक प्रमाणपत्र र कार्य अनुभव कागजातहरू बैंकको इमेलमा पठाउन सक्नेछन्।

आवेदन असार ४ गतेभित्र दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्