prabhu

लक्ष्मी सनराइज बैंक ‘नेपाल पे कार्ड’ मा आवद्ध, डिजिटल भुक्तानीको प्रोत्साहन गर्ने उदेश्य

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले राष्ट्रिय भुक्तानी स्विच (एनपीएस-एनसीएस) र नेपाल पे कार्ड स्किममा आवद्ध हुने निर्णय गरेको छ। बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच प्रिन्सिपल मेम्बरसिप सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यस सम्झौतामा बैंकका खुद्रा र वित्तीय सेवा प्रमुख दिपेश अमात्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै आफ्नो कार्ड स्विच प्रणालीको पूर्वाधार निर्माण पूरा गरेको घोषणा गर्दै बैंक र वित्तीय संस्थाहरुलाई डोमेस्टिक कार्ड कारोबारका लागि आफ्नो स्विच प्रणालीमा सहभागी हुन आग्रह गरेको थियो।

सोहि अनुरूप लक्ष्मी सनराइज बैंकले डोमेस्टिक कार्ड प्रणालीमा आवद्ध भएको छ । यस प्रणालीमार्फत लक्ष्मी सनराइज बैंकले नेपाल पे ब्रान्ड अन्तर्गत कार्ड जारी गर्न र स्वीकृति गर्न सक्नेछ। डोमेस्टिक कार्ड कारोबारमा अन्तरसंयोजन, सस्तो शुल्क, डाटा सुरक्षा, र स्वदेशमै सेटलमेन्ट सुविधा जस्ता सुविधाहरू उपलब्ध गराउनका लागि यो कदम उठाइएको हो।

यस कदमले बैंकलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न र नेपालमा डिजिटल कारोबारको विस्तारमा योगदान पुर्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै